असुरकोट र नुवाकोटमा कहाँ १५ सैयाको अस्पताल बनाउने भन्ने विवाद चर्कियो

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा नगर प्रमुख रेशम थापाले असुरकोटमा निर्माण हुने भनिएको १५ सैयाको अस्पताल नुवाकोटमा सार्न स्वास्थ्य मन्त्रालयमा पत्रचार गरेपछि विवाद चर्किएको छ ।
थापाले असुरकोटमा निर्माण हुने भनिएको १५ सैयाको अस्पताल नुवाकोटमा सार्न गत फागुन महिनामा स्वास्थ्य मन्त्रालयमा पत्रचार गरेपछि विवाद चर्किएको हो ।
यतिबेला सामाजिक संजालमा नुवाकोट र असुरकोटमा कहाँ १५ सैयाको अस्पताल बनाउने भन्ने विवाद चर्किएको छ । 
नगर प्रमुखले असुरकोटमा निर्माण हुने भनिएको १५ सैयाको अस्पताल नुवाकोटमा सार्नपर्ने कारण देखाउदै गत फागुन महिनामा स्वास्थ्य मन्त्रालयमा पत्रचार गरेका थिए । उनले नुवाकोटमा सार्दा सबैको पहुच पुग्ने र सबैलाई केन्द्रविन्दु हुने भन्दै असुरकोटबाट नुवाकोट सार्न प्रायस गरेका छन् । 
तर असुरकोटबासीले नुवाकोटमा सार्दा नदिने भन्दै विरोध गर्दै आएका छन् । 
उता स्वास्थ्य मन्त्रालयको आदेश पत्र हेर्दा भने नुवाकोटमा १५ सैयाको अस्पताल बनाउने भन्ने देखिन्छ ।