अर्घाखाँचीमा समुदायमा कोरोना फैलिएपछि नरपानी क्षेत्रमा सिल (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा समुदायमा कोरोना फैलिएपछि सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीलाई सिल गरिएको छ ।
सन्धिखर्क नगरपालिकाले समुदायस्तरमा कोरोना पुगेकाले वार्डलाई शिल गरिएको सुचनामा उल्लेख गरिएको छ ।
वार्डमा गोरुसिंगे सन्धिखर्क सडकमा चल्ने सवारी बाहेक वार्डमा आवातजावतका लागी बन्द गरिएको छ ।  
यस अघि कोरोना पोजेटिभ पुष्टि भएका नरपानीका एक तरकारी व्यापारीसँग नजिक भएका ४ जना नागरिकमा आईतबार कोरोना पुष्टि भएपछि नरपानीलाई सिल गरिएको छ ।
उनिहरूको सोमबार पिसिआर परिक्षणका लागि स्वाब पठाईने छ ।
समुदायमा कोरोना फैलिन नदिन गोरुसिंगे सन्धिखर्क सडकमा चल्ने सवारी बाहेक वडाको घुम्ती बजार क्षेत्र ७ सय मिटर आसपास,नरपानी बजार पिकनिक स्पोटदेखी नरपानीबजार हुदै राताफले चोक सम्म र वडा नम्बर ७ को फुदवाङ बजारको पुर्वदहखोला देखि बहखोर(अमराई(जगतसम्मको क्षेत्र ,पश्चिम खाँचीकोट सिमाना सम्म,दक्षिण नेटाका पोखरा सल्लेरी सम्मको क्षेत्र भित्र कुनै पनि गाडि चलाउन नपाईने नगरपालीकाद्दारा जारी सुचनामा उल्लेख छ ।
 सातै नगरपालीकाले स्थानिय राजनितीकदल,शिक्षक , बिधालय व्यवस्थापन समिती,सहकारी संस्थासँग समन्वय गरि कोरोनाबाट सुरक्षित रहन त्यसक्षेत्रमा सुरक्षाका मापदण्ड अपनाउन जोड दिनुका साथै सामाजिक निगरानी बढाउन समेत सुझाएको छ । वडा तथा नगरपालीकाको प्रशासनिक कार्यालयबाट प्रदान गरिने अत्यावश्यकीय सेवाहरू बाहेक अन्य सेवाहरू सोमबार देखि बन्द गरिने नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । कोरोना प्रभावित गाउँबाट आउने नगरपालीकामा कार्यरत कर्मचारीहरलाई पिसिआर रिपोर्ट नआउदा सम्म होम आईसोलेसन बस्न भनिएको सापकोटाले बताए ।
मानिस आवातजावतमा रोक लगाईएको छ । वडाको समुदायस्तरमा कोरोना फैलिएपछि थप सचेत रहन वडाबासीलाई आग्रह गरिएको वडा अध्यक्ष कृष्णबहादुर आचार्यले बताए ।
अर्घाखाँचीमा आईतबार आएको रिपोर्टमा समुदायका ४ जना सहित ११ जना कोरोना सक्रमित थपिएका छन् । प्राप्त रिपोर्ट अनुसार ७ जना क्वारेन्टाइनमा बसेका र ४ जना सक्रमित नजिक रहेका समुदायका रहेका छन् । एकसाता अघि कोरोना पोजेटिभ देखिएका सन्धिखर्क ६ का तरकारी व्यापारी सँग नजिक रहेर घुलमेल गरेका सोही वडाका ३ जना पुरूष र १ जना महिलालाई आईतबार कोरोना पुष्टि भएको जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताए । उनिहरू सन्धिखर्क ६  जगतका तरकारी व्यापारी ३१ बर्षिय पुरूषको ६५ बर्षिय आमा र त्यहिबाट तरकारी बोकेर कपिलवस्तु रूपन्देही र सन्धिखर्क बजारमा बिक्रीवितरण गर्न लैजाने गाडी चालक लगायत २२ बर्ष देखि ३० बर्ष भित्रका  ३ पुरूष रहेका छन् । उनिहरू व्यापारी सँग नजिक रहेका स्थानियबासीन्दा हुन् । 
एक साता अघि गाउँका एक जना तरकारी व्यापारीलाई कोरोना देखिएको थियो तर उनका नजिक रहेर घुलमेल गरिरहेका थप ४ जनामा आईतबार कोरोना देखिएपछि आफुले गाउँ सिल गर्न नगरपालीका र जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीलाई आग्रह गरिएको वडा अध्यक्ष कृष्ण आचार्यले बताए ।   
एक साता अघि जिल्ला सिचाई कार्यालय प्रमुख र जनस्वास्थ्यमा कार्यरत दुई जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको थियो । जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३६ पुगेको छ ।
साथै अर्घाखाँचीमा आईताबारसम्म  ८८   जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ८८ जनामा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा ३ जना डिस्चार्ज भएका छन् ।
अर्घाखाँची जिल्लाका भूमिकास्थान नगरपालिकामा आईताबार ५ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै अर्घाखाँचीका विभिन्न आईसोलेशनबाट आईतबारसम्म ३३२ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना जितेर घर फर्केनेको संख्या ३३२ जना पुगेको छ । भने ३२  जना उपचाररत छन् ।  
जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६५,  भूमिकास्थान नगरपालिकामा ११३,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।   
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा आईताबार ११ जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ । जसमा ४ जना समुदायका ७ जना क्वारेन्टिनका महिला ४ पुरुष ७ रहेका छन् । योसँगै अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ३६७  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६८,  जना, शितगंगा नगरपालिकामा ७०,   भूमिकास्थान नगरपालिकामा ११७,     मालारानीमा ७०,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३६७ जना संक्रमित रहेका छन् ।  
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ३ जनाको निधन भएको छ । 
साथै आईताबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा १२ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४९ स्थानमा ९२३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
आईताबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ३२ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु