पाणिनीमा ब्लड क्यान्सर पीडित बालकद्धारा सहयोगको अपिल, जन्मदिनको अवसरमा विधार्थी पारस पौडेलले गरे सहयोग

डिआरजी सुमन
पणेना,अर्घाखाँची डटकम् (व्युरो रिपोर्ट) । सामान्यतः जन्मदिनमा होटल तथा घरमै पनि आधुनिक तामजामका साथ केट काटेर भोज गर्नेसंस्कार मौलाएको समयमा अर्घाखाँची जिल्ला पाणिनी गाँउ पालिका वडा नं ६ निवासी कक्षा ८ मा अध्ययनरत विद्यार्थी पारस पौडेललेअर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वाड नं १ निवासी नारायण प्रसाद पोखरल र गिता पोखरेलका नाबालक छोरा बर्ष ९ काबिष्णु हरि पोखरेललाई रु (२१००) दुई हजार एक सय नगद “डिआरजी सुमन फैन्स कल्व” मार्फत सहयोग गरेका छन ।
पाणिनी गाँउपालिका वडा १ निवासी ९ वर्षिय वालक बिष्णुहरी पोखरेल ब्लड क्यान्सरको उपचारको लागी काठमाण्डू स्थित कान्तिबालअस्पतालमा उपचार गराउँदै छ्न । वालकको उपचार खर्च निकै महङ्गो भएकोले पारिवारिक स्रोतलाई रक़म जुटाउन कठिन परेपछिसर्वत्र सहयोगको अपिल गरिएको छ । यस्तो पिडादायक अवस्थामा मानवीय सेवामा जुटेर कसैले सहयोग गर्न घरपरिवारले बैंक तथा(इ- सेवा ) E- Sewa मा मार्फत जम्मा गरिदिन अनुरोध गरेको छ ।
जसको लागी साईन रेसुंगा वैक को खाता नं -01600700095308000001, ग्लोवल आईएमई वैक को खाता नं -M808010000017
ई-सेवा नं 9847380077 सार्वजनिक गरिएको छ । पारिवारिक स्रोतसँग सिधा सम्पर्क गरी अन्य केही जानकारी चाहिएमा9860206409 र 9808898669,9847211278 मा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
अहिले घरको अवस्था निकै नाज़ुक भई सकेको छ घरवाट धेरै खर्च भईसक्यो नातिको अवस्था जटिल देखिन्छ सवैले सहयोग गरिदिनु हुनअनुरोध छ भन्दै
विष्णुहरी पोखरेलका हजुर वुवा गिरिराज पोखरेलले भावुक मुद्रामा सवैसँग विन्ति गरी सहयोगी सवैलाई धन्यवाद दिनु भएको छ । यस्तैपारस पौडेल मार्फ़त डिआरजी सुमन फ़ैन कल्व सँग प्राप्त हुन आएको दुई हज़ार एक सय रुपैया नगद हस्तान्तरण गर्न पिडीत को घरमापुगेका अर्घाखाँची डटकम् का स्थानिय संवाददाता चोलनाथ पौडेल र व्युरो प्रमुख डिआरजी सुमन सँग कुरा गर्दै पिडितको ठुलोवुवापुस्कर पोखरेलले पारस पौडेल,डिआरजी सुमन फ़ैन्स क्लब र अर्घाखाँची डटकम् लाई धन्यवाद ज्ञापन गर्दै यस्ता सहयोगी कार्यलाईनिरन्तरता दिन आग्रह गर्नु भएको छ ।
“डिआरजी सुमन फ़ैन्स कल्व”ले विभिन्न स्थानमा समस्यामा परेका पिडितको सहयोग गर्दै आएकोले यस कल्व मार्फ़त सहयोग गर्नपाउदा आफु खुसी भएको पारस पौडेलका वुवा खगेश्वर पौडेल ले वताउनु भयो । पाणिनी गाँउ पालिका वडा १ पुगेर पत्रचार चोलनाथपौडेल र डिआरजी सुमन मार्फत रु २१००/-सहयोग रक़म हस्तान्तरण गरिएको छ । तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु