भुमिकास्थान नगरपालिकामा नगरप्रमुख र उप प्रमुख बीच विवाद, नगरप्रमुख भन्छन् बिकासमा अबरोध भयो

शोभाखर पन्थी 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले उपप्रमुख खडानन्द बेल्वासेले बिकास निमार्णको कार्यमा पटक पटक अबरुद्ध गरेको बताएका छन् ।
नगरपालिकाको सभाहलमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मनतब्य राख्दै उहाँले भन्नु भयो, ‘नगरपालिकाको कामप्रति सवै क्षेत्र र जनतावाट सकरात्मक प्रतिकृया आईरहेको अवस्थामा पनि उपप्रमुख बेल्वासेले कपोकलपित तथा पुर्वाग्रहमा आधारित भई जनतालाई दिगभ्रमित पार्ने गरि अभिव्यक्ति  दिने गरेको बताउनु भयो  थापाले बिकास र सुशासनको सवालमा नगरपालिकाले कसै संग सम्झौता नगरी अगाडी वढेको बताए । 
उनले एकपक्षिय रुपमा उपप्रमुखले पत्रकार सम्मेलन गरि गलत प्रचार गरेको भन्दै सप्रमाण सहित पालिकाले निर्णय गरेको निर्णयहरु समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए । पालिकास्तरमा निर्माण हुन लागेको  १५ सैयाको अस्पताल निमार्णको लागी मापदण्ड बमोजिम कार्यपालिकाको बैठकले गरेको निर्णयको बारेमा जानकारी गराउदै पालिकाको निर्णय समेत सार्वजनिक गरेका थिए ।
उनले भने,आफै बसेर निर्णय गर्ने,हस्ताक्षर पनि गर्ने अनि कृर्ते भनेर आफै प्रचार गर्ने र आफुले आफै गलत भएको भन्दै प्रचार गर्ने, यो खालको गलत प्रवृतीको खेद प्रकट गर्दछु ।
प्रमुख थापाले नगरपालिकाले आफ्ना कार्यहरु छोटो अवधीमा पनि बिकास निमार्णका कार्यहरु सडक निमार्ण स्तर उन्नती खानेपानी शिक्षा सिचाई कृषि स्वरोजगार लगायतका क्षेत्रमा महत्वपुर्ण कामहरु गरेको पत्रकार सम्मेलनमा जानकारी गराए ।
नगरपालिकालाई भ्रस्टचार मुक्त पालिका बनाई जनताको करबाट सच्चित बजेटलाई सहि रुपमा सदुपयोग गर्नुपर्छ भनि आफुले दृढताका साथ काम गर्दा बिभिन्न पक्षवाट पटक पटक अवरोध सहनु परेकोउनले  गुनासो समेत ब्यक्त गरेका थिए ।
स्थानिय तहको निर्वाचनमा तत्कालिन माओवादी केन्द संगको तालमेलमा बिजयी भएका नगर उपप्रमुख वेल्वासेले राष्ट्रिय जनमोचाको पालिकामा बहुमत देखेपछि जनमोर्चाको एजेन्डाका पछि लागी आम नगरवासीलाई दिगभ्रमित पार्न खोजेको थापाको आरोप छ ।