सन्धिखर्क नगरपालिकाले गाई भैसीलाई सुत्केरी भत्ता दिने

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले गाई भैसीलाई पनि सुत्केरी भत्ता दिने किसान मुखी काम गरेको भन्दै चौतर्फी किसानहरुले प्रसम्सा गरेका छन् । 
सन्धिखर्क नगरपालिकाका १२ वार्ड भित्र रहेका  कृषकको घरमा पालेका सुत्केरी हुने गाई वा भैसीलाई दुई  हजारका दरले सुत्केरी भत्ता  नगरपालिकाले उपलब्ध गराउने निर्णय गरेको र यसबाट धेरै किसानहरु लाभान्वित हुने अपेक्षा गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाले जानकारी दिनु भयो ।
 
सुत्केरी भत्ताको लागि गाई वा भैसी व्याएको दुईवटा महिनाभित्र  नगरपालिकामा आई रकम दावी गरिसक्नुपर्ने  कार्यबिधि बनाएको नगरपालिकाकी  शाखा अधिकृत मन्जु खनालको भनाइ छ ।  गाई वा भैंसी बेहाएको दुई महिनापछि आउने कृषकलाई यो सेवा दिन नसकिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत साप्कोटाले दावी  गर्नु भयो । 
 
पशुपालन प्रति किसानहरुको आकर्षण बढाउन गाइभैसी प्रस्त पालुन राम्रो आय आर्जन किषानले गरेर आत्म निर्भर बनुन भन्ने उदेश्यले किसानहरुलाई उत्साहित गर्न गाई भैंसी सुत्केरी भत्ता नगरपालिकामा लागू गरिएको नगरप्रमुख कमल प्रसाद भुसालले बताउनु भयो । 
सन्धिखर्क नगरपालिकाले यो कार्यक्रम थालली गरेर किसानहरुको हौसला बढेको नगरउपप्रमुख ठाकुर कुमार बिकले बताउनु भयो । 

अन्य समाचारहरु