कार्यालयबाट हुने सेवालाई सहज बनाउन शुरु गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख अधिकृत सापकोटा

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद सापकोटाले आफु कार्यालयमा हाजिर भएदेखि नै नयाँ नयाँ योजनाहरु अगाडि सारी कार्यालयबाट हुने सेवालाई सहज सरल बनाउन सुरु गर्नु भएको छ ।
सापकोटा सन्धिखर्क नगरपालिकामा आएपछि नगरपालिका सरसफाई योजना सरल सरकार सहज सेवा भष्टचार म पनि गर्दिन गर्न पनि दिन्न सुशासन पार्दर्सिता अनुशासन मुस्कान सहितको सेवा लगायतका महत्त्वपूर्ण योजनाहरु अगाडि सारी कामलाई  समेत निरन्तरता दिन शुरु गर्नु भएको छ ।
नगरपालिका भित्र कर्मचारी प्रशासन तुरुस्त दुरुस्त राख्नुको साथै दैनिक कामहरु समेत फटाफट हुन सुरु गरेपछि नगरपालिकाबाट सेवा लिनेहरु निकै खुसी भएका छन् । 
स्थानिय सरकार सन्चालन गर्न परिपक्क सव्छ छवि बनाउन सफल सापकोटा यस अघि पनि नगरपालिका स्थापना गराउन नगरपालिकामा आएका थिए । सन्धिखर्क नगरपालिकाबाट सरुवा भई बाहिर जिल्ला दाङको तुलसीपुर उपमाहानगरपालिकामा निकै राम्रो काम गरि सरल सरकार सहज सेवा भन्ने नारालाई सफल तुल्याउन सफल सापकोटाले रुपन्देहीको त्रिलोत्तमा नगरपालिकामा नयाँ काम लगानि सम्मेलन गरि देशकै नमुना काम गर्न सक्ने क्षमताबान अधिकृतको पहिचान दिन सफल सापकोटा कपिलवस्तुको वाणगङगा नगरपालिका हुँदै प्रधानमन्त्री कार्यालयमा समेत राम्रो काम गर्ने उपसचिवको सुचिमा आफुलाई पार्न सफल हुनु भएको हो । 
सन्धिखर्कमा हाजिर भएदेखि नै दैनिक नयाँ नयाँ योजनाहरु बनाई जनप्रतिनिधिहरुसँग  सरसल्लाह गर्ने र नयाँ कामको थालनी सापकोटाले सुरुवात गरेका छन् ।  केन्दिकृत रहेको सेवालाई बिकेन्दिकृत गरि सापकोटाले काम सुचारु गराएका छन् ।  बिगतमा नगरपालिका आएर काम गराउनु पर्ने नगरवासीको बाध्यतालाई बुझेर जनप्रतिनिधिहरुको चाहाना अनुसार सफ्टवेयर जडान गरि नगरवाट हुने सेवा वार्ड वार्डमा पुराउदै सेवा सुचारु गराउन सापकोटा सफल भएका छन् ।

अन्य समाचारहरु