सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । रुपन्देहीको सालझन्डी हुदै पाल्पा सन्धिखर्क गुल्मी प्युठान हुँदै बाग्लुङको ढोरपाटन जोडिएको सडकमा बर्षातका कारण करोडौंको क्षति भएको ढोरपाटन सडक आयोजनाका प्रमुख जयलाल मरासिनीले जानकारी दिनु भयो ।
बागलुङको बुर्तिवाङ ढोरपाटन सडकको बोवाङ्गमा पनि बर्षातका कारण धेरै ठुलो क्षति भएको योजना प्रमुख मरासिनिले बताउनु भयो । सो ठाउँमा झन्डै ७ किलोमीटर सडक बर्षातले बगाउद सडक अहिले बगरमा परिणत भएको छ।
सडक आयोजनाले गरेको प्रारम्भिक सर्बेक्षणमा ५० करोड भन्दा बढिको बाढीले सडक बगाउदा क्षती भएको अनुमान गरिएको छ । अहिले सालझन्डी सन्धिखर्क सडक योजना कार्यालयबाट २ वटा एक्साभेटर प्रयोग गरेर सामान्य टेयाक्टर जान सक्ने गरि सडक निर्माण गर्न लागिएको सडक आयोजनाका प्रमुख मरासिनीको भनाइ छ ।
सालझन्डीदेखि सन्धिखर्कसम्मको सडक पनि अबिरल बर्षाका कारण धेरै ठाउँमा क्षति पुगेको छ । क्षति गुगेका ठाउँहरुमा योजना प्रमुख जयलाल मरासिनी सहितको इन्जिनियरहरुको टोली पुगेर मर्मतको लागी नापजाँच गरेर फर्किएको र स्टमेट गरेर काम दुर्त गतिमा अगाडि बढाउने आयोजना प्रमुख मरासिनिले जानकारी दिनु भयो ।
यो बर्षको बर्षाले सबै क्षेत्रमा पिडा दिए पनि यो सडकका विभिन्न ठाउँमा पहिरो जादा अकल्पनीय क्षति हुन पुगेको हो । काम जिल्लामा राम्रो गर्नु पर्छ छिटोछरितो गुणस्तरीय काम गर्नु पर्छ भन्ने सोच भएका निकै अनुभवी कार्यालय प्रमुख जयलाल मरासिनि दिनरात फिल्डमा खटेर काम गरिरहेका छन् ।
बर्खाभरि सडक पहिरो आएको ठाउँमा सुचारु गराएपनि अहिले धेरै ठाउँमा क्षति पुगेको कारण सडक निर्माण गर्न समय लाग्ने छ ।