अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले आर्थिक वर्ष २०७६ – २०७७ मा जिल्ला भित्र र बाहिरी मिडियालाई भुक्तानी दिएको बिषयलाई लिएर समाजिक सन्जालमा पत्रकार माथि गाली बेइजती गरेको भन्दै नेपाल प्रेस युनियन अर्घाखाँचीले खेद व्यक्त गरेको छ ।
नेपाल प्रेस युनियन अर्घाखाँचीका अध्यक्ष वीरेन्द्र केसीले एक प्रेस विज्ञप्ती निकाली नेपाल प्रेस युनियन अर्घाखाँची सल्लाहकार, पत्रकार महासंघका सचिव तथा रेडियो देउरालीका श्टेशन म्यानेजर सुर्य प्रसाद भुसाल माथि समाजिक सन्जालमा गाली बेइजती गरेको भन्दै खेद व्यक्त गरिएको हो ।
प्रेस विज्ञप्तीमा आफुलाई सामाजिक अभियान्ता दावी गर्ने शितगंगा नगरपालिका वार्ड नम्बर ३ घर भइ काठमाडौं बस्दै आएका महेन्द्र कुँवर भन्ने व्यक्तिले गाली बेइजती गरेको तथा प्रतिष्ठामा आच आउने गरी गरेको दुस्साहसप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
यस्तै संगठनले महेन्द्र कुँवर भन्ने व्यक्तिलाई कानुनी कारबाही गर्न सरकार र प्रहरी प्रशासनसँग माग गरेको छ ।
शितगंगा नगरपालिकाले आर्थिक वर्ष २०७६ – २०७७ मा जिल्ला भित्र र बाहिरी मिडियालाई २१ लाख २९ हजार २ सय २८ रुपैया भुक्तानी गरेपछि सामाजिक सन्जालमा व्यापक विरोध भएको थियो ।
यसैबीच पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी, महासंघका जिल्ला अध्यक्ष तथा प्रेस संगठनका अध्यक्ष हिम बहादुर जिसी लेकाली, उपाध्यक्ष गणेश खनाल, प्रगतिशिल पत्रकार संघका अध्यक्ष जितेन्द्र खत्री लगायतका पत्रकारले महेन्द्र कुंवरले पत्रकार माथि गरेको घृणित अभिव्यक्ति प्रति निन्दा गर्दै सामाजिक सदभाव भड्काउने, कोरोना महामारीको बेला अग्रमोर्चामा खटिएर नागरिकलाई सूसुचित गर्ने पत्रकारलाई तल्लो स्तरको शब्द प्रयोग गरी गाली बेइजतिमा उत्रिएको घटनाको सह्य हुन नसक्ने भन्दै आपत्ती प्रकट गर्दै दोषीलाई कारवाहीको माग गरेका छन् ।
यस्तै नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव अजयबाबु शिवाकोटीले प्रेस विज्ञप्ती निकाली यसो भनेका छन् :-
मितिः २०७७ भदौ २५
प्रेस विज्ञप्ती
रेडियो देउराली अर्घाखाँचीमा स्टेशन मेनेजरको रुपमा कार्यरत नेपाल प्रेस युनियन अर्घाखाँचीका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिव सूर्यप्रसाद भुसाललाई सोहि जिल्लाको शीतगंगा नगरपालिका वडा नम्बर ३ घर भइ काठमाडौं बस्दै आएका महेन्द्र कुँवरले सामाजिक संजालमार्फत गाली वेईज्जती सहित जे पनि गर्न सक्ने भन्दै धम्किपूर्ण अभिव्यक्ति दिएकाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । नीज कुँवरले भुसाललाई नामै तोकेर र जिल्लाका अन्य पत्रकारहरुलाई अत्यन्तै तल्लोस्तरको घृणीत शब्दको प्रयोग गरि गालीबेइज्जतीमा उत्रिएको घटना सह्य छैन । कोरोना महामारीका बेलामा समेत अग्रमोर्चामा खटिएर नागरिकलाई सूसुचित गर्न क्रियाशिल पत्रकारहरुलाई जे पनि गर्न सक्ने भन्दै धम्क्याउने कुँवरका बिरुद्ध पत्रकारहरुले स्थानिय प्रशासनलाई ध्यानाकर्षण गराउँदा समेत कार्वाही प्रक्रिया अघी नबढाइएकोमा युनियन चिन्ता व्यक्त गर्दछ । नेपाल प्रेस युनियन पत्रकार भुसाल सहित जिल्लाका पत्रकारहरुलाई धम्क्याउने कुँवरलाई आवश्यक कार्बाहीगर्दै भयरहित वातावरणमा समाचार संकलन र सम्प्रेषणको वातावरण बनाउन स्थानिय प्रशासनसँग जोडदार माग गर्दछ ।
अजयबाबु शिवाकोटी
महासचिव