विप्लब नेकपाद्धारा भुमिकास्थान नगरपालिकाका जनप्रतिनिधीहरुलाई कारबाही गर्ने चेतावनी

अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भुमिकास्थान नगरपालिकाका नगर ईन्चार्ज बारुदले भुमिकास्थान नगरपालिकाका जनप्रतिनिधीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । 
भुमिकास्थान नगरपालिकाका नगर ईन्चार्ज बारुदले बिहीवार एक प्रेस विज्ञप्ती जारी गदै भुमिकास्थान नगरपालिकामा गत भाद्र १९ गते उपमेयर खडानन्द बेल्बासे भाद्र २२ गते नगर प्रमुख रेशम थापाले गरेको पत्रकार सम्मेलनमा एक पक्षले अर्को पक्षलाई गरेको व्यहार प्रति दु:ख व्यक्त गर्दै नगरपालिकाका जनप्रतिनिधीहरुलाई कारबाही गर्ने चेतावनी दिएका  हुन् । 
यस्तै बर्तमान समयमा सिगो नगरपालिकाका जनता कोभिड १९ जस्तो माहामारीबाट लडिरहेको अबस्थामा त्यही मौका छोपेर जनप्रतिनिधिले भ्रष्टाचारका शृङ्खला बढाई नगरपालिकालाई असर पारिरहेको अबस्थामा नगर प्रमुख रेशम थापाले नगरभित्र भएका  भ्रष्टाचार सुशासनलाई रोक्न खोज्दा नगर प्रमुखमाथि नै स्वास्थ्य चौकी करार कर्मचारी किर्त हस्ताक्षरको आरोपलाई सिगो नगरपालिकालाई बदनाम गराउने उदेश्य र संसदीय व्यबस्थाको पर्दाफास गर्ने गरी केही जनप्रतिनिधि नै लागि सिगो नगरपालिका ३३ हजार जनताको आखामा छानो हाल्ने काम गरेकोले त्यस्ता हर्कत रोेकी जनताकोे जनजिविका विकास निर्माणका कार्यलाई अगाडि बढाउन अपिल गरेका छन् । 
यस्तै फेरी त्यस्ता किसीमका गतिविधि लाई बढाए कडा प्रतिरोध उत्रने ईन्चार्ज बारुददारा हस्तारक्षित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।