असोज १५ देखि आन्तरिक उडान खोल्ने सरकारको तयारी

सरकारले असोज १५ देखि आन्तरिक उडान खोल्ने तयारी गरिरहेको छ।
यसअघि दुई पटक उडान खोल्ने घोषणा कार्यान्वयन गर्न नसकेको सरकारले पछिल्लो पटक सीमित क्षमतामा असोज १५ देखि आन्तरिक उडान खोल्ने गृहकार्य गरिरहेको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रि योगेश भट्टराईले आन्तरिक उडान खोल्नका लागि तयारी भइरहेको जानकारी दिए।
नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले आफूले आन्तरिक उडान खोल्नका लागि सिसिएमसीमा प्रस्ताव तयार पारेर पठाएको जानकारी दिए।
हिमाल आरोहण र पदयात्रालाई पनि खुला गर्न प्रस्ताव पठाएको उनले जानकारी दिए।
सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्नेगरी पर्यटकीय गतिविधि खोल्ने, विदेशी नागरिकलाई पनि नेपालमा सिमित क्षेत्रमा खुला गर्नका लागि आफूले प्रस्ताव गरेको उनले बताए।
नेपालका विकास आयोजनामा कार्यरत विदेशी कामदारलाई ल्याउनका लागि पनि भिसा तथा अन्य प्रक्रियाहरु केही सहजीकरण गर्नैपर्ने बाध्यता रहेको उनले बताउ।
अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रबर्द्धन गर्नका लागि पर्यटन बोर्डलाई अध्ययन गर्न आफूले निर्देशन दिइसकेको तर अहिले सरकारको ध्यान भने आन्तरिक पर्यटनमै रहेको उनले जानकारी दिए। सेतोपाटीमा समाचार छ ।