अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका मालारानी, पाणिनी र छत्रदेव गाउँपालिका कोरोना मुक्त भएका छन् । यहाँ साउन महिनादेखि संक्रमित सबै कोरोना जितेर घर फर्केका छन् । मालारानीमा ६९, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै यि तिनै पालिकामा क्वारेन्टिन सबै खाली छन् । कोरोना मुक्त यि ३ पालिकामा अहिले जनजीवन सामान्य छ । स्थानिय प्रतिनिधिहरु जनताका सेवामा खटिएका छन् । चहलपहल शुरु भएको छ । भने बाहिरबाट आउनेहरु होम क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाइएको छ ।
साथै अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट शुक्रबारसम्म ३४२ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना जितेर घर फर्केनेको संख्या ३४२ जना पुगेको छ । भने २३ जना उपचाररत छन् ।
जसमा सन्धिखर्क नगरपालिकामा ५० जना, शितगंगा नगरपालिकामा ६६, भूमिकास्थान नगरपालिकामा ११३, मालारानीमा ६९, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ३६९ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६८, जना, शितगंगा नगरपालिकामा ७२, भूमिकास्थान नगरपालिकामा ११७, मालारानीमा ७०, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३६९ जना संक्रमित रहेका छन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ ।
यस्तै अर्घाखाँचीमा शुक्रबारसम्म १४६ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १४६ जनामा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा १ जना डिस्चार्ज भएका छन् ।
साथै शुक्रबार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा ११ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४९ स्थानमा ९३३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
शुक्रबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २३ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।