खिल्जीको खमारीबास स्थित लम्चीखाेलामा झोलुङे पुल निर्माण हुँदै

बसन्त बन्जाडे
खिल्जी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ खिल्जीको  खमारीबास स्थित लम्चीखाेलामा झोलुङे पुल निर्माण कार्य शुरु भएको छ । 
खिल्जीको  खमारीबास स्थित लम्चीखाेलामा प्रदेस सरकारकाे पहलमा झोलुङे पुल निर्माण कार्य शुरु भएको हो ।
यो पुल निर्माण भएपछि खिल्जी र धारापानीका जनता लाभान्वित हुने छन् । यहाँका स्थानियबासीहरुले बर्खाकाे समयमा वर्षौदेखि सास्ती खेप्दै आएका छन् ।