ठाडाको डमरु दहमा सरसफाई कार्यक्रम सम्पन्न, अब हरेक शनिबार सरसफाई जारी राखिने

अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको ठाडा स्थित प्रमुख पर्यटकीय क्षेत्र डमरु दहको सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ । शितगंगाका युवाहरुको सकृयतामा डमरु दहको सरसफाइ गरिएको छ । 
सरसफाइ अभियान स्थानिय नारायण अधिकारी तथा हरि खनालकाे नेत्तृत्वमा सुरु भएकाे सरसफाइ अभियान शितगंगाका विभिन्न स्थानहरुमा सञ्चालन हुने सरसफाइ अभियानका हरि खनालले बताउनु भयाे । डमरुदह क्षेत्रमा कमलपाेखरी युवाकल्वकाे सहकार्यमा सरसफाइ सम्पन्न भएकाे छ ।
क्लवमा अध्यक्ष सचिन बाेहाेराले सरसफाइ अभियानमा कल्वकाे सहभागित हरेक स्थानमा रहने बताउनु भयाे । स्थानियतहहरुले महत्त्वपुर्ण स्थानहरु समेत सरसफाइमा कुनै चासाे नदेखाए पछि युवाहरु अगाडि सरेकाे शितगंगा सरसफाइ अभियानका नारायण अधिकारीले बताउनु भयाे । हरेक हप्ताकाे सनिबार सरसफाइमा लाग्ने गरि शितगंगा सरसफाइ अभियान सुरु गरिएकाे छ । हरेक स्थानमा सरसफाइ अभियान सञ्चालन गर्दन स्थानिय कल्वहरु सँग सहकार्य गरि अभियान सञ्चालन गर्ने सरसफाइ अभियानका युवाहरुले बताएका छन ।
अभियान स्वरुप आज पहिलो पटक डमरु दहको सरसफाइ गरिएको हो । अत्याधिक फाेहाेरल् भरिएकाे दहक्षेत्रमा स्थानियकाे बाकलाे उपस्थितिमा सरसफाइ गरिएकाे हाे । करिव ३ घण्टा गरिएकाे सरसफाइ बाट दहकमे सुन्दरता समेत बढेकाे उक्त क्षेत्रमा छुटेकाे क्षेत्र अागामी सनिबार पुरागर्ने तयारी छ।
सरसफाइ कार्यक्रममा इलाका प्रहरी कार्यलय ठाडाका प्रमुख सहितकम् टाेली , स्थानिय वडा सदस्य चिन्ताराज अधिकारी ,कमलपाेखरी युवा कल्वका सदस्यहरु स्थानिय युवा तथा विभिन्न राजनितिक दलका पधाधिकारी लगायतको उपस्थित थियो ।

अन्य समाचारहरु