पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप ९ जनाको संक्रमणबाट ज्यान गएको हो। योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ।
मृत्यु हुनेमा छ जना काठमाडौंका छन्। उनीहरूमध्य दुई जना ६५ वर्षीया महिला छन्। त्यस्तै ५९, ७०, ६४ र ५९ वर्षीय पुरूष छन्।
कोरोनाले मृत्यु हुनेमा मोरङका ६९ वर्षीय र सिन्धुपालचोकका ५९ वर्षीय पुरुष छन्। कास्कीकी ४५ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा नेपालभर एक हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। अहिलेसम्म नेपालमा ५४ हजार एक सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ।
एक हजार १ सय १३ जना आइतबार उपचार गरी घर समेत फर्किसकेका छन्। हालसम्म निको हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ। सेतोपाटीमा समाचार छ ।