ढिकुरामा पहिरो पीडितको नाममा नक्कली कागजात बनाई १५ हजारका दरले रकम लिने ६ जना पक्राउ

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर–९ ढिकुरामा कागजात किर्ते गरेर  राहत रकम लिने ६ जना पक्राउ परेका छन् ।
ढिकुरामा पहिरोले घर भत्किएको भनी नक्कली फोटा सहित कागजात बुझाई राहत रकम लिएका ६ जना पक्राउ परेका हुन् । 
उनिहरुले राहत लिन भुकम्पमा भत्किएका घरका फोटो राखेर नक्कली मुचुल्का तथा वार्ड कार्यलयको सिफारिस बनाएर जिल्ला प्रशासन कार्यालयबाट १५ हजारका दरले राहत रकम बुझेका थिए ।
वार्ड कार्यालयले अनुगमन नगरी सिफारिश गरिदिएको र वार्ड सचिव तुल्सिराम पोख्रेलले व्यस्तताका करण स्थलगत अनुगमन गर्न नभ्याईएको र मुचुल्काको आधारमा सिफारिस बनाईदिएको बताए ।
पक्राउ परेकाको  अनुसन्धान भैरहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बताएको छ ।