सिद्धारामा कृषकहरुलाई अनुदान रकम वितरण गर्न शुरु

घनु गाहा
सिद्धारा, अर्घाखाँची   । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ९ सिद्धाराले कृषकहरुलाई अनुदान रकम वितरण गर्न शुरु गरेको छ । 
कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले वडाभित्रका बाख्रापालक, लोकल कुखुरा पालक तथा केराखेती गर्ने कृषकहरूलाई अनुदान रकम वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लगाईएको लकडाउन र लगातारको वर्षाका कारण केही ढिलाई भए पनि आज नयाँबस्ती, रङसिङ, भक्कुचोक, खारघाट लगाएतका टोलहरु बाट २७ जना कृषकलाई अनुदान वितरण गर्‍यो ।
जसमा ८ जना केराखेती गर्ने कृषकलाई प्रति रोपनी ५ हजारका दरले अनुदान वितरण गरिएको छ । १५० किलो भन्दा बढी तौल खसीबोका बेच्ने १३ जना कृषकलाई प्रति किलो ५० रुपैंयाका दरले अनुदान वितरण गरिएको छ । त्यस्तै ५० किलो तौल भन्दा बढी लोकल कुखुरा पालक कृषकलाई प्रति किलो ५० रुपैंयाका दरले अनुदान वितरण गरिएको वडाध्यक्ष भिम केसीले जानकारी दिनुभयो ।

अन्य समाचारहरु