अर्घाखाँचीमा सिचाई डिभिजन कार्यालय प्रमुखले कोरोना जिते

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची  । सिचाई डिभिजन कार्यालय अर्घाखाँचीका कार्यलय प्रमुख बिस्णु प्रसाद भण्डारी कोरोना रोग सहजै जित्न सफल हुनु भएको छ ।
भण्डारीले उच्च मनोबलका साथ कोरोना रोग जितेर सामान्य अबस्थामा फर्कनु भएको हो । भण्डारी भन्नुहुन्छ सामान्य ज्वरो आएको थियोे ।  पिसिआर चेक गराउदा पोजेटिभ देखियो तर रिपोर्ट आउदा मलाई ज्वरो आएको थिएन ।   क्वाटरमा बसेर आराम गरे, तातोपानी खाए बेसार खाए गुर्जो खाए अनि राम्रोसँग आराम गरे फेरि पिसिआर चेक गर्दा नेभेटिभ आयो । 
 कोरोना लागेपछि स्वास्थ्यमा समस्या त निकै हुदो रहेछ ।  सामान्य आयुर्बेदिक औषधि पनि प्रयोग गरे अहिले निको भएपछि कार्यालयको नियमित काममा फर्किएको भण्डारी बताउनु हुन्छ। भण्डारीको कोरोनाको पहिलो स्वाव श्रावण ३१ गते, दिएको थियोे भने त्यसको रिपोर्ट भाद्र ७ गते आउदा कोरोना पोजेटिभ आएको थियोे ।  स्वाव दिएको दिनदेखि पछिल्लो रिपोर्ट नआउदासम्म २४ दिन होम आइसोलेसन, बसेर कार्यालयका काम गरेका भण्डारीको भाद्र २२ गते रिपोर्ट नेगेटिभ आएको उहाँ बताउनु हुन्छ । 
भण्डारीको अनुभबमा कोरोना जित्नको लागि नियमित रुपमा गुर्जोको चिया, अश्वगन्धा, तातोपानी, तुलसी पानी, तुलसी चिया, नियमित दिनको २ पटक वाफ, तातोपानी, झोलिलो कुराहरु आदि सेवन गर्ने मनोवल उच्च राख्नु पर्ने, नियमित व्यायाम गर्ने गरेपछि कोरोना सहजै जितिने भण्डारीको अनुभव छ ।

अन्य समाचारहरु