सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिर्खक नगरपालिकाकाे शैक्षिक डायरीको विमाेचन गरिएकाे छ ।
सो अवसरमा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले नगरपालिकाले गरेका राम्रा कामहरुको व्यापक रुपमा प्रचारप्रसार नहुँदा ओझेलमा पर्ने गरेको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिकाले प्रकासन गरेको शैक्षिक डायरी बिमोचन गर्दै नगरप्रमुख भुसालले नगरपालिकामा आफुहरुले काम धेरै गर्ने प्रचारप्रसारलाई कम महत्त्व दिने गरेका कारण पनि काम नगरे जस्तो देखिने गरेको बताउदै भुसालले गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले धेरै काम सम्पन्न गरेको बिधालयका भौतिक सरचना निर्माण गरिरहेको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार बिकले उदाहरणीय काम गर्ने नगरपपालिका सन्धिखर्क नगरपालिका भएको बताउदै नगरपालिकालाई हराभरा बनाउनेमा आफुहरु लागि गरेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद साप्कोटा वार्ड अध्यक्षहरु नगरपालिकाका शाखा अधिकृत मन्जु खनाल कार्यपालिका सदस्यहरु पत्रकार महासघका अध्यक्ष हिम लेकाली, कर्मचारीहरु दिलिप केसी, नारायण पोख्रेल, मुक्ति खनाल सीता बिसि लगायतको उपस्थितिमा गरिएको बिमोचन कार्यक्रम शिक्षा उपसचिव युगलनारायण बस्यालको सन्चालनमा सम्पन्न भएको थियोे ।
सो डायरी भित्र सन्धिखर्क नगरपालिका भित्रका सामुदायिक बिधालयका प्रअहरुको नाम ठेगाना मोबाइल नम्बर सस्थागत बिधालयका प्रअ तथा ठेगाना जिल्ला स्थित पेसमगत संघ संगठनका अध्यक्षहरुको नाम ठेगाना सन्धिखर्क नगरपालिका भित्रका पेसागत संघ संगठनको नाम ठेगाना जिल्ला स्थित कार्यालय प्रमुखहरुको नाम सबै गृह कार्य आधारभुत तहदेखि कक्षा दशसम्मका धेरै कुराहरु समेटिएको छ ।