सुर्य भुसाल
मालारानी, अर्घाखाँची २०७७ असोज १ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका अन्तरगतका वार्डहरुमा अनलाईन व्याक्तिगत घटना दर्ता (जन्म,मृत्यु, सम्बन्धबिच्छेद, बिबाह, बसाईसराइ) सुरु भएको छ ।
सेवालाई प्रविधिमैत्रि र छिटो छरितो बनाउने उद्देश्यका साथ यस गाउँपालिकाले अनलाईन व्याक्तिगत घटना दर्ता शुरु गरेको हो ।
मालारानी गाउँपालिका वडा नं. १ बाट शुरु भएको यस कार्यक्रमको गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्षय श्री वालकृष्ण आचार्यले शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा वडा नं. १ का वडा सचिव नारायण न्यौपानेले सक्षम विकको जन्म दर्ता गरि शुरुवात गर्नु भएको थियो ।
अब यस कार्यलाई छिट्टै अन्य वडाहरुमा पनि विस्तार गर्ने जानकारी कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले दिनु भयो भने कार्यक्रमको संयोजन कार्यालयका पञ्जिकरण शाखा प्रमुख MIS Operator धुर्वराज खनालले गर्नु भएको थियो ।