अर्घाखाँचीमा लंका यातायात प्रालीले आउने सोमबारबाट आफ्ना सबै सबारी साधन सुचारु गर्ने

अर्घाखाँचीडट्कम संवाददाता 
चुत्राबेसी, अर्घाखाँची । अर्घाखाँची जिल्लामा लंका यातायात प्रालीले आउने सोमबार अर्थात असोज ५ गतेबाट आफ्ना सबै लामो तथा छोटो दुरिका सबारी साधन सुचारु गर्ने भएको छ । 
लंका यातायात प्रालीले आउने सोमबार अर्थात असोज ५ गतेबाट क्यु अनुसार नम्बरमा आफ्ना सबै लामो तथा छोटो दुरिका सबारी साधन शुचारु गर्ने तयारी गरेको हो । 
प्रालीका अध्यक्ष कृष्ण बहादुर भुसालले जानकारी गराए अनुसार अहिले पनि लंका यातायातले सेवा दिएपनि नियमित सेवा सोमबारबाट क्यु अनुसार नम्बर अनुसार दिईने भएको हो । यस्तै चैत्र महिनादेखि लामो समय गाडी नचल्दा पार्टपुर्जाहरु रिप्यरिङ गर्नु पर्ने बाध्यताले ठुलो धनरासी खर्च हुने लंका यातायातका महासचिब भेष बहादुर क्षेत्रीको भनाइ छ ।
लंका यातायात प्रालीले अर्घाखाँचीबाट देशका प्रमुख शहरमा नियमित सेवा दिने बताएको छ । 

अन्य समाचारहरु