पहिलो दिन काठमाडौंमा लामो दुरीका ४,०७५ सवारी साधन भित्रिए, ५,३३३ बाहिरिए

काठमाडौं- सरकारले लामो दुरीका सवारी साधन सञ्चालन खुला गरेको पहिलो दिन बिहीबार काठमाडौं उपत्यकामा भित्रने संख्या ४ हजार ७५ जना छ भने बाहिरिनेको संख्या पाँच हजार ३ सय ३३ रहेको छ। यात्रुबाहक सार्वजनिक सवारी साधनबाट भित्रने/बाहिरिनेको संख्या भने न्यून छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यात्रुबाहक सार्वजनिक सवारी साधनबाट ९ सय ४९ जना उपत्यका भित्रिएका छन् भने एक हजार ४ जना बाहिरिएका छन्।
करिब छ महिनापछि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हुन्। गत चैत ६ गतेयता लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन सकेका थिएनन्। देशसन्चारमा समाचार छ ।