अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंचद्वारा पीडित न्यौपानेको परिवारलाई आर्थिक सहयोग

हरि कुँवर 
सन्धिखर्क, अर्घाखाँची । अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंचले मृगौला पीडित न्यौपानेको परिवारलाई आर्थिक सहयोग गरेको छ।
 कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका वार्ड ४ झुगा का २७ वर्षीय हरि न्यौपानेको दुवै मृगौला ले काम गर्न छाडेपछि परिवारले सयोगको याचना गरेका थिए । पीडित परिवारको आर्थिक अवस्था कम्जोर भएकोले खर्च निकै आउने हुँदा आर्थिक समस्या भएको थियो। परिवारले सहयोग पाए बाँच्ने थिए भनेर हारगुहार गरेपछि अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंच (IACO) संस्थाले सयोग गरेको हो । मृगौला पीडित हरि न्यौपाने बहिनिको एकाउन्ट खातामा सोह्र हजार(१६०००) जम्मा गरिएको  अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंच (IACO)का संरक्षक राम प्रसाद पराजुलीले जानकारी दिएका छन । 
 अर्घाखाँची सम्पर्क मंच (IACO) संस्थाका अध्यक्ष रन्जीत कुमार क्षेत्रीको तर्फबाट तीन हजार , संरक्षक राम प्रसाद पराजुली को तर्फबाट तीन हजार, संस्थाका प्रमुख सल्लाहकार युवराज केसीको तर्फबाट  तीन हजार , कोषाध्यक्ष सुर्य थापाबाट दुई  हजार , सदस्य ईश्वर जङ्ग थापा क्षेत्रीबाट दुई हजार , बसन्त खड्का दुई हजार र  रमेश केसीको तर्फबाट दुई हजार संकलन गरि पठाइएको थियो । 
पीडित हरि न्यौपानेले आफ्ना बुबा पनि गुमाए दाजु पनि सदाको लागि संसार छोडेपछि परिवारमा आर्थिक समस्या आएको हो । बाबा ब्रेन ट्युमर भएका र एक दाजुको पनि निधन पश्चात् सानो झुपडीमा बस्न बाध्य भएको समाज सेवी युवराज केसी ले बताए । पीडित हरि को बहिनी कृस्टी न्यौपाने ले मन बचन र कर्मले सयोग गरेको भन्दै संस्था लाई धन्यवाद प्रकट गरेकि थिन । 
विभिन्न देशमा  रहने अर्घाखाँचीबासीको साझा संस्थाको रुपमा सन २०१२ मा स्थापना भएको संस्था अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मंच (IACO)ले दिन दुखीको सेवामा हातेमालो गर्दै आइरहेको छ । 
 परिवार श्रोतका अनुसार आर्थिक जुटेपछी आमाले एउटा किट्नी दिने बताइएको छ । तलदिएको नम्बरमा सहयोग गर्न परिवारले आग्रह गरेको छ । 
 
मोबाइल नम्बर –  ९८६१६७८०७०, ९८०७४४१५०७

अन्य समाचारहरु