काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५७३ पुगेको छ।
काठमाडौँ उपत्यकामा मात्रै शुक्रबार थप ८५९ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६९८, ललितपुरका ७९ तथा भक्तपुरका ८२ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १७ हजार ३ सय ८३ जना कोरोना संक्रमित छन्। क्वारेन्टिनमा रहेकाहरुको संख्या ७ हजार ७ सय ३६ रहेको छ। देशसन्चारमा समाचार छ ।