अर्घाखाँचीडट्कम संवाददाता
सितापुर, अर्घाखाँचीडट्कम । एक जना स्वास्थ्यकर्मीमा कोरोन संक्रमित पुष्टी भएपछि अर्घाखाँची जिल्लाको शिगंगा नगरपालिका वार्ड नम्बर – २ सितापुरमा रहेको स्वास्थ चौकी बन्द हुने भएको छ ।
शिगंगा नगरपालिका वार्ड नम्बर – २ सितापुरमा रहेको स्वास्थ चौकीमा रहेका अन्य सबै स्वास्थ्यकर्मीको पिसिआर नतिजा नआउन्झेल सम्पूर्ण सेवा बन्द हुने भएको हो ।
हिजो बिहीवार १ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टी भएको थियो ।