अर्घाखाँचीमा कोरोना जित्नेको संख्या ३५२ जना पुग्यो, शुक्रबारसम्म आईसोलेशनमा ३३ जना उपचाररत (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट शुक्रबारसम्म ३५२ जनाले कोरोना जितेर घर फर्केका छन् । भने ३३ जना उपचाररत छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ५७,  जना, शितगंगा नगरपालिकामा ६८,   भूमिकास्थान नगरपालिकामा ११६,   मालारानीमा ६९, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।  
अर्घाखाँची जिल्लाको सन्घिखर्क नगरपालिकामा १  जना थप संक्रमण पुष्टि भएकाे छ । योसँगै संक्रमितको संख्या ३८९  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ७७  जना, शितगंगा नगरपालिकामा ८०,   भूमिकास्थान नगरपालिकामा १२०,     मालारानीमा ७०,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३८९ जना संक्रमित रहेका छन् ।     
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ । 
यस्तै अर्घाखाँचीमा शुक्रबारसम्म  २०६ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले २०६ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा १४ जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या ११० जना रहेको छ ।   
  
साथै शुक्रबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ४ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ५०  स्थानमा ९४४ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
शुक्रबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ३३ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 

अन्य समाचारहरु