अर्घाखाँची जिल्ला अस्पताललाई १५ शैयाबाट स्तरोन्नति गरी ५० बनाईने, सन्धिखर्क नगरपालिकाले शव वाहनको लागि १५ लाख रुपैयाँ पायो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पताललाई स्तरोन्नति गरी ५० शैया (बेड)को  बनाईने भएको छ ।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठक अर्घाखाँची जिल्ला अस्पताललाई स्तरोन्नति गरी ५० शैयाको बनाईने भएको हो । जिल्ला अस्पतालमा हाल १५ शैया सुविधा रहेको छ । 
यस्तै अर्घाखाँची सहित रुकुम पूर्व, रोल्पा र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गरिएको छ।
उता सन्धिखर्क नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैयाँ शव वाहनका लागि रकम पाउने सामाजिक बिकाश मन्त्रालयले उल्लेख गरेको छ । 
साथै आवश्यक जनशक्तिको अभावमा अत्याधुनिक उपकरण र औजारहरु हुँदै हुँदै पनि राम्रो सेवा दिन नसकिएको अस्पतालका प्रमुख डा. कपिल गौतमले बताएका छन् ।

अन्य समाचारहरु