खिल्जीको खमारीबास टुनिकारुखमा रहेको पाेखरी संरक्षण (फोटो सहित)

बसन्त बन्जाडे
खिल्जी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ खिल्जीको खमारीबास टुनिकारुखमा रहेको पाेखरी संरक्षण गरिएको छ । 
खिल्जीको खमारीबास टुनिकारुखमा रहेको पाेखरीलाई चारै पट्टि तारजाली लगाएर समुदायका स-साना बालबच्चाको सुरक्षाका लागि भन्दै संरक्षण गरिएको हो । स्थानियबासीको पहलमा संरक्षण गरिएको छ ।
यस्तै यस पाेखरीमा भुमिकास्थान नगरपालिकाको वार्ड नं ७ साबिक नुवाकोटकाे स्याली खाेलादेखि धेरै बर्ष अगाडि देखि पानी सन्चालनमा आएको छ । 
साथै पानीका मुहानदेखि पाेखरीसम्म नयाँ पाइप उपलब्ध भएमा फागुन चैतमा पनि पानी आउने र खडेरी समयमा पनि पाेखरी भरी पानी तथा धारामा समेत आएमा स्थानियबासीले केही राहात पाउने बताइएको छ ।
खिल्जीका कयौ ठाउँमा अहिले पनि खानेपानीको समस्या रहेको छ ।