अर्घाखाँचीमा जिल्ला प्रशासन कार्यालयद्वारा अपाङ्ग व्यक्तिलाई घरमा पुगेर नागरिकता प्रमाणपत्र प्रदान

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिलाई घरमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पाणिनी गाँउपालिका वार्ड नं. ५ मैदानमा शारीरिक तथा मानसिक अपाङ्गता भएकी   १७ वर्षिया सरीता बरम्ले मगरलाई घरमै पुगी नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो । 
नागरिकताको प्रमाणपत्र सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले प्रदान गर्नुभएको थियो । 

अन्य समाचारहरु