संविधानको रक्षार्थ एकजुट बनौं: चेतनारायण आचार्य, अध्यक्ष नेकपा अर्घाखाँची

शोभाखर पन्थी
अर्घाखाँची /असौज ०३ । नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले  संविधानको रक्षार्थ सबैपक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । 
संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाली जनताको ठुलो त्याग ,तपस्या र बलिदान बाट निर्मित संविधानको  पूर्णरूपमा कार्यान्वयन गर्नुका साथै यसको रक्षाको निम्ति  सबै पक्ष चनाखो हुनुपर्नेमा जोड दिनु भयो ।वर्तमान संविधान संसारमै उत्कृष्ट रहेको भन्दै उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार सुनिश्चित  गरेको बताउनुभयो  । 
प्रदेश सभाका सदस्य समेत रहनुभएका आचार्यले वर्तमान संविधान  सहमतिको दस्तावेज भएको भन्दै  यसको  कार्यान्वयन सँगै मुलुकमा  विकास र समृद्धिको ढोका खुलेको बताउनुभयो ।
 उहाँले अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन र दीगो शान्ति कायम गर्न संविधान सफल रहेको दाबीसमेत गर्नुभयो ।

अन्य समाचारहरु