सन्धिखर्क, अर्घाखाँचीडट्कम व्युरो रिपोर्ट । अर्घाखाँचीडट्कमका वरिष्ठ संवाददाता तथा कोरिया व्युरो एवं हाल काठमाण्डौ स्थितअन्तराष्ट्रीय प्रतिनिधि जनसम्पर्क प्रमुख रहनु भएका अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १ स्थायी निवासी करणजंग रायमाझीद्धारा अर्घाखाँचीडट्कमको सन्धिखर्क कार्यालयको लागी आवश्यक केही संचार सामाग्री सौजन्य गर्नु भएको छ ।
वरिष्ठ संवाददाता करणजंग रायमाझीले यसरी कार्यालय तथा संवाददाताहरुको लागी आवश्यक रहेको सामग्री स्वच्छिक रुपमा सौजन्यगर्नु भएकोमा अर्घाखाँचीडट्कम प्रधान सम्पादक मेहरसिंह केसी, सम्पादक संतोष केसी, वजार व्यावस्थापक वसन्त वहादुर खड्का, प्रशासनिक प्रमुख तथा काठमाण्डू डेक्स प्रमुख दीपक भुसाल, जिल्ला संवाददाता केशवराज ज्ञवाली, कृषि संवाददाता चोलनाथ पौडेल, पाणिनी संवाददाता भूम वहादुर सु्र्यवंशी, बजार प्रतिनिधिहरु शारदा नेपाली र पुष्पा पन्थी सुनारले धन्यवाद ज्ञापन गर्नु भएको छ । यसरी सहयोगी कार्यमा जोडिदा निकै खुसी छौ । हाम्रा वरिष्ठ पत्रकार तथा समाजसेवी रायमाझीको यों योगदानको अर्घाखाँचीडट्कमले उच्च मुल्यांकन गरेको गर्दछ सम्पादन संतोष केसीले भन्नु भएको छ ।
अर्घाखाँची मिडिया हाँउस प्रा.लि.ले संचालनमा ल्याएको नेपालमै सर्वप्रथम स्थापित अर्घाखाँची डटकम् सन २००६ देखी देश विदेशमा रहने लाखौ पाठकसामु लोकप्रियता कमाउदै आएको छ । कुनैपनि विषयमा गहिराईसम्म पुगेर कसैको मुख नहेरी निष्पक्ष रुपमा जस्तोसुकै जटिल विषयवस्तु समेतको सत्यतथ्य जनताको सामु पराउने अर्घाखाँचीडट्कम देश विदेशमा रहने लाखौ पाठक विच लोकप्रिय रहेको छ ।