अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराकाे ढुङ्गेसेरामा नेकपा ११ नम्बर वार्ड कमिटी अन्तरगतकाे ढुङ्गेसेरा टाेल कमिटीको आयाेजनामा टाेल भेला तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा स्थानीय ढुङ्गेसेरा र माझाखाडा टाेलबाट युबा र बृद बृदा गरि ४३ जना नेपाली कांग्रेस र नेकपा बिप्लब समूह परित्याग गरि नेकपामा प्रबेश गरेका छन् ।
स्थानीय कमल सुनारी, टिकाराम घर्ती, यम ब.नेपाली, नरेन्द्र राहु, टान ब.राहु, जयसाेर आचार्य, ज्ञान ब.रेस्मी, टामलाल बि क , रुक ब. बि क, मान ब.घर्ती चन्द्र दर्लामि, जीवन भण्डारी लगायत ४३ जना प्रबेश गरेका हुन् ।
नव प्रबेशिहरुलाई स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नगर ईन्चार्ज बिष्णु गैरे बिभेकले नेपालले सम्पूर्ण राजनैतिक उपलब्धि हासिल गरिसकेकोले जनताकाे आर्थिक बृदि नै अबकाे मुख्य आबश्कता रहेकाे र ती सबै नेकपाले मात्र पूरा गर्न सक्ने बताउनु भयाे त्यस्तै बिशिस्ट अतिथि तथा नगर सह ईन्चार्ज काशिराम आचार्यले पार्टीले नेत्तृत्व गरेकाे सरकारले लिएकाे सुखि नेपाली सम्बृध्द नेपालकाे नारालाई सफल बनाउन सिग्गाे पाटि एक भएर लाग्नु पर्नेमा जाेड दिनुभयाे ।
त्यसैगरी जिल्ला कमिटी सदस्य तगा नगर उप प्रमुख टीका रेस्मीले स्थानीय ,प्रदेश र केन्द्र सरकारले गरेका कार्य र त्यसमा आफुले गरेकाे पहल कदमकाे बारेमा चर्चा गर्नुभयो । त्यसैगरि कार्यक्रममा ऋषिराम घिमिरे , स्थानीय युवा नेता देबेन्द्र रेस्मी ,बाेम ब.सुनारले आ-आफ्नाे मनत्व्य राख्नुभएको थियाे ।
कार्यक्रममा नव प्रबेशिहरुकाे तर्फबाट बाेल्दै जीवन भण्डारीले राष्ट्रियता र बिकास निर्माणका लागि नेकपामा संगठित हुन आवश्यक ठानेर पार्टी प्रबेश गरेकाे बताउनु भयाे । कार्यक्रम वार्ड कमिटी ईन्चार्ज नारायण प्रसाद आचार्यकाे स्वागत मनत्व्य र टाेल कमिटि सचिव चन्द्र ब.रजालीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।
कार्यक्रम ढुङ्गेसेरा टाेल कमिटी अध्यक्ष बिष्णु भण्डारीकाे अध्यक्षयता, नेकपा प्रदेश ५का प्रदेश कमिटी सदस्य तथा शितगंगा नगर कमिटी ईन्चार्ज बिष्णु गैरे (बभेक)काे प्रमुख आथित्यता, जिल्ला कमिटी सदस्य तथा नगर सह-ईन्चार्ज काशिराम आचार्यकाे विशेष आतिथ्यता त्यसैगरि जिल्ला कमिटी सदस्य तथा शितगंगा नगर उप प्रमुख टीका रेस्मीकाे बिशिस्ट आतिथ्यता, नगर कमिटी सचिवालय सदस्य तथा पार्टी कार्यालय सचिव ऋषिराम घिमिरे, नगर सचिवालय सदस्य तथा ११ वडाका ईन्चार्ज नारायण प्रसाद आचार्य, नगर कमिटी सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख नवराज भुसाल , नगर कमिटी सदस्य गाेपाल खनाल लगायत वार्ड कमिटीका र स्थानीय टाेल कमिटीका थुप्रै नेता तथा कार्यकर्ताकाे उपस्थिति रहेकाे थियो ।