अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट शनिबारसम्म ३५२ जनाले कोरोना जितेर घर फर्केका छन् । भने ३४ जना उपचाररत छन् । जसमा सन्धिखर्क नगरपालिकामा ५७, जना, शितगंगा नगरपालिकामा ६८, भूमिकास्थान नगरपालिकामा ११६, मालारानीमा ६९, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा १ जना थप संक्रमण पुष्टि भएकाे छ । योसँगै संक्रमितको संख्या ३९० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ७७ जना, शितगंगा नगरपालिकामा ८०, भूमिकास्थान नगरपालिकामा १२१, मालारानीमा ७०, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३९० जना संक्रमित रहेका छन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ ।
यस्तै अर्घाखाँचीमा शनिबारसम्म २१५ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले २१५ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा ० जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या ११० जना रहेको छ ।
साथै शनिबार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा ९ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ५० स्थानमा ९४४ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
शनिबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ३४ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।