मालारानी गाउँपालिकामा ३ दिने अन्तर कर्मचारी ब्याडमिन्ट्न, भलिवल, घैटो फोर र कुर्सी दौड प्रतियोगिता सम्पन्न (फोटो फिचर)

धुर्वराज खनाल 
खनदह, अर्घाखाँची ।   संविधान दिवसको अवसरमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाद्वारा आयोजित विविध कार्यक्रमहरु मध्ये आश्विन २ गते अन्तर कर्मचारी ब्याडमिन्ट्न प्रतियोगिता सम्पन्न भएको छ ।
संविधान दिवसको अबसर पारेर मालारानी गाउँपालिका वडा नं ३ आदर्श मा.वि को प्राङ्गणमा पालिका अध्यक्ष बाल्कृष्ण आचार्यले उद्घाटन गर्नु भएको ब्याडमिन्ट्न कार्यक्रममा पालिकाका कर्मचारीहरुको १४ टिम ,बैंक तथा बित्तीय संस्था र खनदह बजार का युवाहरुको गरि जम्मा १७ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा रोचक खेल खेल्दै हरिश चन्द्र पाण्डे र सुभाष चौहानको टिमले प्रथम स्थान हासिल गर्न सफल भयो भने पदम आचार्य र हिमा भट्टराइको टिमले दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।
कार्यक्रमको तालिका अनुसार दोस्रो खेल घैटोफोर प्रतियोगितामा १८ सहभागी मध्ये प्रतियोगी चन्दा पाण्डेले घैटो फोर्दै बिजेता बन्न सफल हुनुभएको छ ।
तेस्रो खेल कुर्सी दौड प्रतियोगितामा महिलातर्फ सहभागी ११ जनामध्ये बिमला खनाल बिजेता हुनुभएको छ भने पुरुषतर्फ सहभागी १४ जना मध्ये ईन्जिनियर नविन डुम्रे बिजयी हुन सफल हुनुभएको छ ।
 प्रभातफेरि कार्यक्रम र कर्मचारी जनप्रतिनिधिविच मैत्रिपूर्ण भलिवल साथै ब्याडमिन्टन प्रतियोगिता पश्चात ३ दिने कार्यक्रमको समापन भएको छ ।