दिपेन्द्र खत्री
मरेङ्ग, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिका वार्ड नं:-२ मरेङ्गको गतेरमा रहेकाे श्री वीरेन्द्र मा.वि. ले आजदेखि वैकल्पिक सिकाई सहजीकरण कार्यविधि २०७७ वमोजिम व्यक्तिगत सुरक्षा विधि अपनाई सिकाई सहजीकरण गरि पठनपाठन शुरु गरेकाे छ।
वीरेन्द्र मा.वि. मा अर्को सूचना नआउन्जेल सम्म पठनपाठन हुने भएको हो । कोभिड १९ को कारण यस बिधालयमा दैनिकी स्कुल खोल्ने,विद्यार्थी भर्ना गर्ने काम भएपनि पठनपाठन भएको थिएन।
यस विद्यालयको स्थापना वि.स. २०३०सालमा भएको थियो,भने पछिल्लो समय नेपाल सरकारले बैकल्पिक शिक्षा लागु गरेकाे भएपनी कोभिड १९ को समय पढाई ५ तरिकाले पढ्न सक्ने निड्य अनुसार, रेडियो, टिभी,अनलाइन, शिक्षक टोल-टोल गएर पढाउने, कम्प्युटर इत्यादि माध्यम पठनपाठन गराउने भनिएपनि यो ठाउँमा भौगोलिकको हिसाबले असुविधा भएको कारण विद्यार्थीलाई सहज तरिकाले पढाउने काम नभएको उक्त बिधालयका शिक्षक प्रदिप बन्जाडेले बताउनु भयाे।
विद्यार्थीहरुलाई बिधालय आउनु भन्दा पहिले र बिधालय बाट घर गए लगत्तै साबुनपानीले हात अनिवार्य धुनुपर्ने, माक्स अनिवार्य लगाउनुपर्ने, निड्य गरि बिधालय संचालनमा ल्याईएकाे हाे। उक्त बिधालयमा पहिलाे दिनमै २८० जना विद्यार्थीकाे उपस्थिति रहेकाे थियाे।
विद्यालयमा बिद्यार्थी बिहान १०: बजे पुगिसक्नुपर्ने साथै भिडभाड हुने कारणले खेल खेल्न बिद्यार्थीलाई बन्चित गरिएको छ,उक्त बिधालय दिउसाे २ वजे नै छुट्टी हुने उक्त बिधालयका शिक्षक अनिल आचार्यले वताउनुभयाे।