भूमिकास्थानमा ३ जना र मालारानीमा ४ जना थप संक्रमण पुष्टि, अर्घाखाँचीमा संक्रमितको संख्या ३९७ जना पुग्यो (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । आईतबार अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा ३  जना र मालारानी गाउँपालिकामा ४ जना थप संक्रमण पुष्टि भएकाे छ । योसँगै संक्रमितको संख्या ३९७  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ७७  जना, शितगंगा नगरपालिकामा ८०,   भूमिकास्थान नगरपालिकामा १२४,     मालारानीमा ७४,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३९७ जना संक्रमित रहेका छन् ।     
आईतबार सन्धिखर्कमा ११ जनाले कोरोना जितेका छन् । अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट आईतबारसम्म  ३६३ जनाले कोरोना जितेर घर फर्केका छन् । भने ३० जना उपचाररत छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ६८,  जना, शितगंगा नगरपालिकामा ६८,   भूमिकास्थान नगरपालिकामा ११६,   मालारानीमा ६९, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । 
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ । 
यस्तै अर्घाखाँचीमा आईतबारसम्म  १८२ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १८२ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा ३९  जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या ६२ जना रहेको छ ।   
  
साथै आईतबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ६ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४७  स्थानमा ९१४ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
आईतबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ३०  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 

अन्य समाचारहरु