समुदायमा काेराेना फैलिएपछि मरेङ्गको श्री वीरेन्द्र मावी गतेरमा पठनपाठन बन्द

दिपेन्द्र खत्री
मरेङ्ग, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिका वार्ड नं:-२ मरेङ्गको गतेरमा रहेकाे श्री वीरेन्द्र मा.वि. ले हिज देखि वैकल्पिक सिकाई सहजीकरण कार्यविधि 2077 वमोजिम व्यक्तिगत सुरक्षा विधि अपनाई सिकाई सहजीकरण गरि पठनपाठन सुरु गरेकाे थियाे।
 कोभिड १९को कारण यस बिधालयमा दैनिकी स्कुल खोल्ने,विद्यार्थी भर्ना गर्ने काम भएपनि पठनपाठन भएको थिएन,तर वैकल्पिक सिकाई सहजीकरण कार्यविधि 2077 वमोजिम व्यक्तिगत सुरक्षा विधि अपनाई हिज देखि उक्त बिधालयमा पठनपाठन सुरु गरिएकाे थियाे।
तर उक्त बिधालय नजिकैकाे बस्तीमा वस्ने एक जना ब्यक्तिमा काेराेना देखिए संगै,पुन अाज देखि बिधालयमा सुरु गरीएकाे पठनपाठन राेकिएकाे उक्त बिधालयका प्र :जित बहादुर के,सी ले जानकारी दिनु भयाे।
यस विद्यालयको स्थापना वि.स. २०३०सालमा भएको थियो,भने पछिल्लो समय नेपाल सरकारले बैकल्पिक शिक्षा लागु गरेकाे भएपनी कोभिड १९ को समय पढाई हुने, रेडियो, टिभी,अनलाइन, शिक्षक टोल-टोल गएर पढाउने, कम्प्युटर इत्यादि माध्यम पठनपाठन गराउने भनिएपनि यो ठाउँमा भौगोलिकको हिसाबले असुविधा भएको कारण विद्यार्थीलाई सहज तरिकाले पढाउने काम नभएको उक्त बिधालयका शिक्षक प्रदिप बन्जाडेले बताउनु भयाे।
हिज उक्त बिधालयकाे निड्य अनुसार विद्यार्थीहरुलाई बिधालय आउनु भन्दा पहिले र बिधालय बाट घर गए लगत्तै साबुनपानीले हात अनिवार्य धुनुपर्ने, माक्स अनिवार्य लगाउनुपर्ने, निड्य गरि बिधालय संचालनमा ल्याईएकाे थियाे। बिधालयमा हिज पहिलाे दिनमै १५० भन्दा बढी विद्यार्थीकाे उपस्थिति रहेकाे थियाे।