ढाकावाङमा अब भारत तथा अन्य मुलुकबाट आउने सबैलाई १४ दिन हाेम क्वारेन्टाइन बस्नुपर्ने

ढाकावाङ बजार
टेकराज भुसाल
ढाकावाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङको असोज ५ गते बसेको सर्वपक्षीय बैठकले भारत तथा अन्य मुलुक बाट आएका व्यक्ति सिधै १४ दिन हाेम क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेकाे छ।
साेमबार भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापाको अध्यक्षतामा बसेकाे सर्वपक्षीय बैठकले असाेज १ गते देखि लामो तथा छाेटाे दुरीका यातायातका साधनहरु सञ्चालनमा आउनुका  साथै देशका विभिन्न पालिकाहरुले सामुदायिक दुरी कायम गरि बिद्यालयहरु सञ्चालन गर्ने तथा भारत तथा अन्य मुलुक बाट आएका व्यक्तिलाई सार्वजनिक क्वारेन्टाइनमा नबसी सिधै हाेम क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेकाे भन्दै भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ ले पनि भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिहरु सिधै १४ दिन अनिर्वाय रुपमा हाेम क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेकाे भुमिकास्थान २ का वडा सचिब गाैतम थापाले जानकारी दिनुभएको छ।