जलुकेमा एक युवाले क्वारेन्टिनमा बस्नु पर्छ भनेपछि आफ्नै घाँटी काटे

अर्घाखाँचीडट्कम संवाददाता 
जलुके, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ७ जलुकेको जुवाकोटमा एक युवाले आफ्नै घाँटी काटेका छन् ।
जलुकेको जुवाकोटका नेत्र बहादुर पुलामीका भारतको दिल्लीबाट आएका २८ वर्षिय छोरा धन बहादुर पुलामीले परिवारले क्वारेन्टिनमा बस्नु पर्छ भनेपछि आवेगमा आई तरकारी काट्ने चक्कुले आफ्नै घाँटी काटेका हुन् ।
पुलामीले आफ्नै घाँटीको अगाडिको भाग काटेकाले अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । उनको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।   घाइतेको अबस्था सुधार भएको छ ।

अन्य समाचारहरु