अर्घाखाँचीका विभिन्न सडक खण्डमा प्रहरीद्वारा दुर्घटना न्युनिकरण र कोरोना सम्बन्धी चालक, यात्रुहरुलाई प्रशिक्षण

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत विभिन्न सडक खण्डमा प्रहरीले दुर्घटना न्युनिकरण र कोरोना भाईरस सम्बन्धी चालक सह-चालक तथा सवार यात्रुहरुलाई प्रशिक्षण दिएको छ । 
सवारी दुर्घटना न्युनिकरण तथा सहज ट्राफिक ब्यबस्थापन गरी सवारी आवगमनलाई सहज र सुरक्षित बनाउनको लागी आज सोमबार सन्धिखर्क – हंसपुर सडक खण्ड, कोप्चेबास स्थित गोरुसिङगे – सन्धिखर्क सडक खण्ड, नरपानी लागायतका ठाउँमा प्रहरीले दुर्घटना न्युनिकरण र कोरोना भाईरस सम्बन्धी चालक सह-चालक तथा सवार यात्रुहरुलाई प्रशिक्षण दिएको हो । 
सन्धिखर्क नगरपालिका वार्ड नं.२ बिहारा स्थित सन्धिखर्क – हंसपुर सडक खण्डमा प्र.स.नि लोकराज न्यौपानेको कमाण्डमा खटिएको ट्राफिक चेकिङ टोलिले, अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडाबाट शितगंगा नगरपालिका वार्ड नं. ४ कोप्चेबास स्थित गोरुसिङगे – सन्धिखर्क सडक खण्डमा खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले , सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानीबाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले बिभिन्न सवारी साधनका चालक, सह-चालक र सवार यात्रुहरुलाई दुर्घटना न्युनिकरण र कोरोना भाईरस सम्बन्धी प्रशिक्षण दिएको छ । 
प्रशिक्षणमा दुर्घटनाबाट कसरी सुरक्षित हुने सम्बन्धि , यात्रुहरुबाट सवारी साधनहरुले बढी भाडा लिए नलिएको अनुगमन, कोरोना भाईरस (कोभिड-१९) बाट चालक तथा सह-चालक र यात्रुहरुलाई सुरक्षा सतर्कता अपनाई सामजिक दुरी कायम गर्ने, सेनिटाईजर प्रयोग गर्ने, यात्रु बहाक सवारी साधनहरुमा सिट क्षमताको ५०% मात्र यात्रु राख्ने, मास्कको प्रयोग गर्ने जस्ता बिषयमा सर्बसाधरणहरु २ पटक ५० जना र चालक सह-चालकहरु २ पटकमा ५५ जनालाई सडकमै प्रशिक्षण दिईएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । 

अन्य समाचारहरु