अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा व्यक्तिगत घट्नाहरु अनलाइन प्रविधि मार्फत दर्ता गरी विद्युतीय डिजिटल प्रमाणपत्र वितरण कार्यक्रम शुरु भएकाे छ ।
आज सोमबार पहिलो दिन शितगंगा नगरपालिका वार्ड नम्बर ४ ठाडाबाट व्यक्तिगत घट्नाहरु अनलाइन प्रविधि मार्फत दर्ता गरी विद्युतीय डिजिटल प्रमाणपत्र वितरण कार्यक्रम शुरु भएकाे हो ।
ठाडा निवासी चिरञ्जीवी पन्थीका छाेरा निस्वार्थ पन्थीलाई पहिलो डिजिटल जन्मदर्ता प्रदान गरि अनलाइनबाट प्रमाणपत्र दर्ता तथा बितरण शुरु गरिएकाे थियो ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन गाैतम,वडा अध्यक्ष दामाेदर अधिकारी वार्ड नं. ४ का सचिव ममता क्षेत्रीले विद्युतीय अन्लाईन टेक्नोलोजीको प्रयोग गरी डिजिटल जन्म दर्ताको प्रमाण पत्र सेवाग्राहीलाई प्रदान गरी शुभारम्भ गर्नुभएकाे हाे ।
अब अन्य वार्डहरुमा समेत लगत्तै शुरु हुने बाटइएको छ ।