भुमिकास्थान -१ ढाकावाङमा अब भारत तथा अन्य मुलुकबाट आउने सबैलाई १४ दिन हाेम क्वारेन्टाइन बस्नुपर्ने

अर्घाखाँचीडट्कम संवाददाता 
ढाकावाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङको असोज ५ गते बसेको सर्वपक्षीय बैठकले भारत तथा अन्य मुलुकबाट आएका व्यक्ति सिधै १४ दिन हाेम क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेकाे छ।
साेमबार भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडाअध्यक्ष भोज राज खनालको अध्यक्षतामा बसेकाे सर्वपक्षीय बैठकले असाेज ६ गतेदेखि भारत तथा अन्य मुलुकबाट आएका व्यक्ति सिधै १४ दिन हाेम क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेकाे हो । 
उता भूमिकास्थान नगरपालिकामा सोमबारसम्म संक्रमितको संख्या १२४ जना पुगेको छ । साथै नगरभर ११६ जनाले कोरोना जितेका छन् ।