ठाडामा एक जना २४ वर्षिय युवा झुन्डिएको अवस्थामा मृत फेला

ईलाका प्रहरी कार्यालय प्रहरी ठाडा । 
अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडाको खान्डुलामा एक जना युवा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । 
ठाडाको खान्डुलाका लील बहादुर मर्साईका २४ वर्षिय छोरा लोक बहादुर मर्साई आफ्नै घरको माथिल्लो तलाको दलिनमा झुन्डिएको अवस्थामा मृत हिजो सोमबार साँझ ८:३० बजे फेला परेका हुन् । ईलाका प्रहरी कार्यालय ठाडाले आत्महत्या गरेको बतएको छ । 
शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको छ ।   
प्रहरीको  घटनाको थप अनुसन्धानका भईरहेको बताएको छ । 

अन्य समाचारहरु