सन्धिखर्कमा कृर्षि तथा पशु सेवाका उत्कृष्ट कृषकलाई प्रोत्साहन अनुदान बितरण कार्यक्रम सम्पन्न (फोटो सहित)

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले उत्कृष्ट काम गर्ने किसानहरुलाई उत्पादनमा आधारित  अनुदान नगरपालिकाले बितरण गरिरहेको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका अर्घाखाँची कृर्षि शाखाले आयोजना गरेको कृर्षि तथा पशु सेवा तर्फको उत्कृष्ट कृषकलाई प्रोत्साहन अनुदान बितरण कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख भुसालले सन्धिखर्क नगरपालिकाले धेरै राम्रा कामहरु गरिरहेको कृर्षि क्षेत्रमा व्यापक बजेट बिनियोजन गरेको उत्पादनमा आधारित अनुदान लागू गरेको गाई भैंसी पशुपालन सुत्केरी भत्ता लागू गरेर किषानहरुलाई प्रोत्साहन गर्ने काममा नगरपालिका लागि परेकाले कृर्षि पशुपालन गरि आर्थिक आय आर्जन बृर्दि गर्न सबै किसानहरु आग्रह गर्नु भयो । 
कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले नगरपालिकाबाट बितरण गरिएको प्रोत्साहन भत्ताबाट कृर्षकहरुलाई थप हौसला मिल्ने र आगामी दिनमा कृर्षकहरु पुर्ण आत्म निर्भरता हुने गरि काम गर्नेमा आफुहरु आशाबादी रहेको बताउनु भयो । उहाले बृहत सन्धिखर्क नगरपालिकाको बिकासका लागि आफुहरु लागि परेको र बेरोजगारी समस्या समधान गर्नका लागि नगरपालिकाबाट कृर्षि पशुपालन क्षेत्रमा बजेट प्राप्त बिनियोजन गरि काम अगाडि बढाएको बताउदै सबै किषाहरुलाई कृर्षिबाट आर्थिक क्रान्ति गर्न र आत्म निर्भर बन्न आग्रह गर्नु भयो । 
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाले आफु नगरपालिकामा हाजिर भएदेखि नै नमुना नयाँ काम गर्न प्रशासनिक तबरबाट सुरु गरेको र त्यसमा नगरपालिकाका जनप्रतिनिधिहरुबाट हौसला प्राप्त भएकोले आगामी दिनमा नगरपालिकाको बिकासलाई दुर्त गतिमा अगाडि बढाउने बताउनु भयो ।
साप्कोटाले कृर्षि पशुपालनको क्षेत्रमा किषानहरुलाई प्रोत्साहित गर्ने धेरै कार्यक्रम  भएकोले राम्रोसँग कृर्षि पशुपालनबाट आयआर्जन बृर्दि  गर्न सबै किषानहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा किसानहरुको तर्फबाट पिताम्वर रायमाझी गोपाल बस्याल लगायतले मन्तब्य राख्दै नगरपालिकाले गरिरहेका कामहरुबाट किषानहरु हर्षित रहेको बताउनु भएको थियोे । 
नगरपालिका कृर्षि शाखाका प्रमुख राजेन्द्र भट्टराईको सन्चालन नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यता प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाको बिशिस्ट अतिथ्यता नगरपालिका उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा उपसचिव युगल वसेयल शाखा अधिकृत मन्जु खनाल ईन्जिनियर प्रमोद केसि जिबनारायण आचार्य मुक्ति राम खनाल लगायत सबै शाखाका प्रमुखहरुको उपस्थितिमा भएको कार्यक्रममा झन्डै पचास जना किसानहरुले प्रोत्साहन अनुदान प्राप्त गरेका थिए।

अन्य समाचारहरु