अर्घाखाँचीडट्कम संवाददाता
सिमलपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नंं १३ सिमलपानीमा नेकपा वार्ड कमिटीको आयाेजनामा कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रम कार्यक्रममा स्थानीय टाेलबाट युबा र बृद बृदा गरि ५० जना नेपाली कांग्रेस र नेकपा बिप्लब समूह परित्याग गरि नेकपामा प्रबेश गरेका छन् ।
नव प्रवेशिकाहरुलाई नेकपा शितगंगा नगर कमिटी अध्यक्ष तथा जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठले खादा टिका सहित स्वागत गर्दै पार्टी सदस्यता परिचय पत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका नगर कमिटि अध्यक्ष श्रेष्ठले सम्पुर्ण नेपालीको आधारभुत आवश्यकताको ग्यारेन्टी गर्ने पार्टी नेकपा रहेको दावी गर्दै नवप्रवेशिकाहरुलाई उच्च सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दे भुमिहिन सर्वसाधारणका लागि भुमि, सुकुम्बासीका लागि लालपुर्जा, वेरोजगारहरुका लागि स्वरोजगार, आधाभुत आवश्यकता उपलब्ध गराउनका लागि नेकपा सरकार प्रतिवद्ध रहेको प्रष्ट पानुर्श भयो ।
कार्यक्रम वार्ड कमिटि अध्यक्ष बाबुराम विसिको अध्यक्षता, पार्टीका जिल्ला कमिटि सदस्य तथा शितगंगा नगरका नगर उपप्रमुख टिका रेश्मी, वडाअध्यक्ष दुर्गा विसिको विशिष्ट आतिथ्यता, नगर कमिटि सदस्य टुकलाल भाट क्षेत्रीm शारदा विसि, वडा सदस्य जिवलाल क्षेत्री, मिना विसि परियार, श्याम बहादुर विसी, वडा कमिटि सदस्य तथा वडावासीको उपस्थिती रहेको कार्यक्रम ऋषिराम विसिले सञ्चालनगर्नुृ भएको थियो ।