विक्रम आचार्य
जुकेना, अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेना वार्ड कमिटीको आयोजनामा आज मंगलबार वार्ड कमिटी एवं अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
वडा नं. ६ को वडा कमिटी भेलालाई सम्बोधन गर्दै नेकपा शितगंगा नगर कमिटी अध्यक्ष बसन्त श्रेष्ठले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा सरकार र आफ्नो पार्टी लागि परेको बताएका छन् । अहिलेको सरकारले नेपाली जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी बजेट, नीति र कार्यक्रम प्रस्तुत गरेको दावि गरे । सरकारले ल्याएको नीति तथा कार्यक्रमको पूर्ण कार्यान्वयनका लागि सिङ्गो पार्टी पङ्ति र नेता, कार्यकर्ताहरु लाग्नुपर्नेमा जोड दिएका छन् ।
सोही कार्यक्रममा नेकपा शितगंगा नगर कमिटीका सचिव मणि अधिकारीले वर्तमान सरकारले विकास निर्माणसँगै जनताको आवश्यकता पुरा गर्न जनमुखी कार्यक्रम तथा बजेट सहित कार्यान्वयन तर्फ लागेको बताएका छन । सरकारले गरेका राम्रा कामको प्रचारप्रसारका साथै गलत कार्यको खबरदारी गर्नुपर्ने बताए ।
कार्यक्रममा ऋषि रेश्मी, भुपाल सारु, तिलक भाट, कासी भट्टराई लगाएतले मन्तव्य राखेका थिए ।
भेला वडा कमिटीका अध्यक्ष गोविन्द पोख्रेलको अध्यक्षता र सचिव लक्ष्मण घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा विक्रम आचार्यले स्वागत गरेका थिए ।