काठमाडौं- सरकारले लामो दुरीको सवारी साधन सन्चालन गर्ने निर्णय कार्यान्वयन भएयता काठमाडौं उपत्यकाबाट ९४ हजार सात सय जना मानिस बाहिरिएका छन्। असोज १ गतेदेखि लामो तथा मध्यम दुरीका सवारी साधन सन्चालनमा आएका थिए।
महानगरीय प्रहरी ट्राफिक महाशाखाका अनुसार यसबीचमा उपत्यकाबाट बाहिरिने सबै प्रकारका सवारी साधनको संख्या २४ हजार ६ वटा रहेको छ।
यसैगरि यस अवधिमा एक लाख एक हजार ६ सय २८ जना मानिस काठमाडौं उपत्यका भित्रिएका छन्। यसबीचमा २४ हजार तीन सय ४७ सवारी साधन उपत्यका भित्रिएको ट्राफिक महाशाखाले जनाएको छ।
करिब ६ महिनापछि लामो तथा मध्यम दुरीका सवारी साधन सन्चालनमा आएका हुन्। देशसन्चारमा समाचार छ ।