काठमाडौँ– सर्वोच्च अदालतले वामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा काम नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश आनन्दमाेहन भट्टराईको एकल इजलासले गाैतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो।
आदेशसँगै गाैतम मुद्दाको टंगो नलागेसम्म सरकारमा सहभागि हुने बाटो बन्द भएको छ। देशसन्चारमा समाचार छ ।