खाँचीकोटको भुजुङ्गे बस्ती पहिरोको जोखिममा परेपछि ८ घरपरिवारलाई डिडिडाँडाको चन्द्रप्रभा मावी स्थानान्तरण गरियो (भिडियो फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर- ७ खाँचीकोटको भुजुङ्गे गाउँ अविरल बर्षासंगै उच्च जोखिममा परेको छ।
बिगत ३ दिनदेखिको अविरल बर्षातका कारण पहिले देखिनै जोखिममा रहेको उक्त बस्ति झनै जोखिममा परेको हो । बस्ती जोखिममा परेपछि स्थानीयको ज्युज्यानको रक्षा गर्न खाँचिकोट स्थित राष्ट्रिय जनमोर्चा जिल्ला स्तरिय र वार्ड स्तरिय नेता तथा जनप्रतिनिधिहरुको र  वार्ड अध्यक्ष प्रितम थापा पहलमा, प्रमुख अधिकारि बिष्णु पौडेलको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोलीले स्थलगत अबलोकन गरि अति जोखिममा परेका ८ घरपरिवारलाई डिडिडाँडा स्थित चन्द्रप्रभा मा.बि.मा तत्कालको लागि स्थानान्तरण गरिएको छ ।
स्थानान्तरण गरिएकाहरुमा बिन्दु परियार २ जना, बिष्णु नेपाली ५ जना, कृष्ण बहादुर नेपाली ३ जना, नर बहादुर नेपाली ६ जना, पुन बहादुर नेपाली ८ जना, भिम बहादुर नेपाली ३ जना, बसन्त नेपाली ११ जनाका परिवारहरु रहेका छन् ।
अन्य घरपरिवारहरुलाई पनि उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। स्थलगत अपलोकनमा नेपाल प्रहरीका प्र.ना.नि.नक्कुल गिरि सहितको ६ जनाको टोली, सशस्त्र प्रहरीका स.प्र.ना.नि.महेन्द्र बहादुर नेपाली सहितको ११ जनाको टोली, वार्ड सदस्य रामलाल खनाल, स्थानिय पत्रकार पत्रकार केशब घिमिरे सहित स्थानिय अगुवाहरूको उपस्थिति रहेको थियो । यस क्षेत्रमा अर्घाखाँची डट्कमले आज भन्दा तिन चार महिना अगाडि अबलोकन गरेको थियो ।

अन्य समाचारहरु