धुर्वराज आचार्य / अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर- ७ खाँचीकोटको किटेनीमा लगातार परेको अविरल बर्षातका कारण उच्च जोखिममा परेको छ।
किटेनी नजिकै गोवानखोला भन्ने स्थानमा बिष्णु बहादुर नेपालीको गोठ माथीबाट अग्लो बुटबुट्यान सहितको काल्नो खस्दा गोठ पुर्णत क्षति भएको छ । जसका कारण लैनो भैंसी समेत च्यापिएर मरेको छ । सोही गोठमा च्यापिएर रहेका बाख्रा र कुखुरा भने जिवितै उद्दार गरिएको छ ।
यहाँ अहिले प्रहरी प्रशासनद्वारा घटनाको मुचुल्का उठाउने कार्य भैरहेको छ।
यस्तै किटेनी शान्तिनेटा वरपर पहिरोले उघ्र रुप लिन थालेको छ । सो पहिरोबाट ६ घर र एउटा आधारभुट बिध्यालय समेत पहिरोको उच्च जोखिममा परेका छन् ।
रातभर परेको पानीका कारण सान्तिनेटा वरपरका स्थानियहरु सुत्न सकिरहेका छैनन् ।