काठमाडौं, असोज ८ । देशैभर लगातार आएको पानीले जनजीवन प्रभावित भएको छ । पहाडमा पहिरो जाने, सडक अवरुद्ध हुने समस्या देखिएको ।
ठूला नदीहरुमा बहाव बढ्दा किनाराका बस्तीहरुमा त्रास बढेको छ । कमजोर भूबस्तीहरु पहिरोको चपेटमा आएका छन् ।
ठाउँ ठाउँमा गएको पहिरोमा परेर केही व्यक्तिको मृत्यु, केही वेपत्ता र घरहरु पहिरोमा पुरिएका छन् ।
अझै वर्षा अरु तीन दिनसम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको दक्षिण क्षेत्रमा रहेको न्यून चापीय रेखा उत्तर पूर्वी क्षेत्रतर्फ परिरहेकाले अझै पानी पर्ने सम्भावना देखिएको हो ।
यस्तो छ, तीनसम्मको मौसमको अनुमान,
मौसम विश्लेषण (Meteorological Analysis):-
हाल भारतको मध्य प्रदेशको पुर्वी भु-भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर-पुर्व सर्दैछ।
हालको मौसमको अवस्था (Present Weather Status):
हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षा भैरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असोज ८ गते (बिहीबार)
दिउँसो : देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
राती : देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
असोज ९ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
राती : देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
असोज १० गते (शनिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का १-२ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। इमेजच्यानलमा समाचार छ ।